फाइल तस्बिर : हिमाल प्रेस
काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले कस्तो अवस्थालाई बलात्कार र कस्तो अवस्थालाई प्रेम भन्ने विषयको कानुनी व्याख्या आवश्यकता भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका हुन्।
‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी ब्याख्याको आवस्यकता छ’ उनले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता!’
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणि आइरहेका बेला भण्डारीले प्रेम र बलात्कारको कानुनी स्पष्टता खोजेका हुन्।
प्रकाशित: २६ पुष २०८० १६:११ | Thursday, January 11, 2024
प्रतिक्रिया





