चन्द्रागिरिमा गाडी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

हिमाल प्रेस २८ पुष २०८० १८:२६ | Saturday, January 13, 2024
चन्द्रागिरिमा गाडी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ- चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज (शनिबार) दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो। दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम रहेका छन्।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २८ पुष २०८० १८:२६ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast