ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस २ माघ २०८० १३:५२ | Tuesday, January 16, 2024
ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले शनिबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रुपमा उपलब्ध गराएका थिए।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ। उनीहरूलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार दुई सय ५० भन्दा बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरेको छ।

ग्लोबल आइएमई बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो। ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २ माघ २०८० १३:५२ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast