ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत  छुट

हिमाल प्रेस २ माघ २०८० १७:४७ | Tuesday, January 16, 2024
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत  छुट

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकको क्रेडिट कार्ड बाहकहरूलाई लान्भान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्। उक्त छुट योजना माघ महिनाभरि कायम रहने बैंकले जनाएको छ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ।

अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो।

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २ माघ २०८० १७:४७ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast