गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

हिमाल प्रेस २ माघ २०८० १६:३७ | Tuesday, January 16, 2024
गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडको सत्रौँ वाार्षिक साधारणसभा आइतबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको छ। साधारणसभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गरेको बैैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ।

साधारणसभाका लागि २०८० पुस १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पुस १६ गते सम्म कायम विकास बैंकका सेयरधनीले साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन् ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन्। साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए।

प्रकाशित: २ माघ २०८० १६:३७ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast