गरिमा विकास बैंकको ‘गरिमा सरल एसएमई कर्जा’

हिमाल प्रेस ४ माघ २०८० १६:०३ | Thursday, January 18, 2024
गरिमा विकास बैंकको ‘गरिमा सरल एसएमई कर्जा’

काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर-आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीलाई लक्षित गरी योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।

योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने बैंककमा नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले जनाएका छन्।

प्रकाशित: ४ माघ २०८० १६:०३ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast