कोरोनाको नयाँ भाइरस भेटेपछि विमानस्थलमा स्वास्थ्य सतर्कता

हिमाल प्रेस २५ पुष २०८० ७:१८ | Wednesday, January 10, 2024
कोरोनाको नयाँ भाइरस भेटेपछि विमानस्थलमा स्वास्थ्य सतर्कता

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न सर्कुलर गरेको छ।

प्राधिकरणको मंगलबार बसेको बैठकले नेपालमा पनि कोरोना ओमिक्रोनको शव भेरियन्ट जे एन पुष्टि भएकाले स्वास्थ्य मापदण्ड पालनाका लागि आवश्यक निर्णय गरेको हो ।

संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरू (जस्तै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन) पालना गर्न–गराउनुहुन प्राधिकरणले सम्पूर्ण विमानस्थलहरू, सम्बद्ध एयरलाइन्स तथा विमानस्थलस्थित अन्य निकायहरूलाई सर्कुलर गरेको प्रबन्धक विनोद कुमार पन्तले जानकारी दिए ।

 

प्रकाशित: २५ पुष २०८० ७:१८ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast