केपी ओली कप फागुन ११ बाट

हिमाल प्रेस ४ माघ २०८० ७:१२ | Thursday, January 18, 2024
केपी ओली कप फागुन ११ बाट

काठमाडौँ- दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आउँदो फागुन ११ गतेदेखि हुने भएको छ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

प्रतियोगिताको फाइनल बाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

प्रतियोगितामा विजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने उनले बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

प्रकाशित: ४ माघ २०८० ७:१२ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast