कृषि उत्पादनमा निजी क्षेत्रसँग समन्वय गर्न चेम्बर अध्यक्ष मल्लको आग्रह

हिमाल प्रेस ८ माघ २०८० ७:०० | Monday, January 22, 2024
कृषि उत्पादनमा निजी क्षेत्रसँग समन्वय गर्न चेम्बर अध्यक्ष मल्लको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्। कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने अध्यक्ष मल्लले बताए।

कृषिजन्य वस्तु उत्पादन र बजारीकरणका लागि तीन तहको सरकार र निजी क्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

दोलखा चेम्बर अफ कमर्सको पाँचौँ साधारणसभा उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य वस्तुहरूको पहिचान एवं प्रवर्धनसँगै निर्यात सहजीकरण हुनुपर्ने बताएका हुन्।

मल्लले भने, ‘कृषि उत्पादनको दृष्टिकोणले सवै जिल्लाको आआफ्नै विशिष्टीकृत महत्त्व छ, स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ।’

प्रकाशित: ८ माघ २०८० ७:०० | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast