काठमाडाैँ- कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा राखेको हाे।
बैंकले उक्त सेयरको मूल्य तोकेको छैन। बैंकका विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ।
बैंकले संस्थापक सेयरधनी भरत रेग्मीको नाममा रहेको ६९ हजार ४१९ कित्ता, निशा केसीको ४४ हजार ३६५ कित्ता, संगीता केसीको ३ लाख ४१ हजार ७१९ कित्ता, पबित्रा थापाको १ हजार ७५९ कित्ता र खडग बहादुर थापा मगरको ८६२ कित्ता सेयर बिक्रीमा राखेको हो।
बैंकका अनुसार म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ।
प्रकाशित: १७ माघ २०८० १२:३६ | Wednesday, January 31, 2024
प्रतिक्रिया




