कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही

हिमाल प्रेस २५ पुष २०८० ६:५९ | Wednesday, January 10, 2024
कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही फाइल तस्बिर

काठमाडौँ- घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौं महानगरपालिकाले कारबाही सुरु गरेको छ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिए।

पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको पाण्डेले जानकारी दिए।

‘यसअघि पनि वेलावेला यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो’, उनले भने, ‘सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर नै नियन्त्रणमा लिन थालिएको हो।

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीलाई कारबाही गर्ने घोषणा गरेको थियो। यो पटक महानगरले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ।

कुकुरको मलमूत्रबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको संक्रमण फैलिने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा. ग्रीष्म न्यौपानेले बताए।

डा. न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए। रासस

प्रकाशित: २५ पुष २०८० ६:५९ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast