कामना सेवा विकास बैंकमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण

हिमाल प्रेस १५ माघ २०८० १२:१८ | Monday, January 29, 2024
कामना सेवा विकास बैंकमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौँ- कामना सेवा विकास बैंक लिले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखलाई साइबर सुरक्षासम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल प्रहरी, साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नवीन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साइबर अपराध तथा अन्य साइबरसम्वन्धी जोखिम न्यनूनीकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीले साइबर जोखिमका वारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए।

प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको साइबर जोखिमसम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १५ माघ २०८० १२:१८ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast