काठमाडौँ घट्यो तापक्रम

हिमाल प्रेस २८ पुष २०८० ८:३४ | Saturday, January 13, 2024
काठमाडौँ घट्यो तापक्रम

काठमाडौँ- काठमाडौँमा शुक्रबार (हिजो)को तुलनामा आज न्यूनतम तापक्रम केही घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको हो।

हिजो सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८:४५ बजे पुनः मापन गर्दा ५ डिग्री सेल्सियस देखिएको थियो।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको मौसमविद् अर्यालले बताए।

आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने देखिएको मौसमविद् अर्यालले जानकारी दिए। यसको अर्थ आकाशमा अलि अलि बादल लागे पनि आज उपत्यकामा घाम लाग्ने सम्भावना छ।

प्रकाशित: २८ पुष २०८० ८:३४ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast