काठमाडौँको तापक्रम राति ३.५ डिग्री सेल्सियसभन्दा तल झर्ने

हिमाल प्रेस १६ माघ २०८० १९:०८ | Tuesday, January 30, 2024
काठमाडौँको तापक्रम राति ३.५ डिग्री सेल्सियसभन्दा तल झर्ने

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज (मंगलबार) राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा मंगलबार अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो भने राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताइन्। अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ। यद्यपि पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ।

माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

माघ १८ गते पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: १६ माघ २०८० १९:०८ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast