काठमाडौँ- आज काठमाडौँको चाबाहिलदेखि बौद्ध लगायतका क्षेत्रमा चार घण्टा बिजुली काटिने भएको छ।
उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।
फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

                            प्रकाशित: २१ पुष  २०८० ७:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

