कम्युनिस्ट पार्टीबीच एकता सम्भावना छैन : शंकर पोखरेल

हिमाल प्रेस २ माघ २०८० ७:०६ | Tuesday, January 16, 2024
कम्युनिस्ट पार्टीबीच एकता सम्भावना छैन : शंकर पोखरेल फाइल तस्बिर।

बाँके- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन्।

प्रेस चौतारी नेपाल बाँकेले  नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ।’

वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए।

कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘विगतमा सकारात्मक सोचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ।’

प्रकाशित: २ माघ २०८० ७:०६ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast