काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै आज अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाली एक रुपैयाँको खरीद दर कोरियन वनमा ९ दशमलब ९५ र बिक्री दर ९ दशमलब ९९ रहेको छ।

                            प्रकाशित: ६ माघ  २०८० ७:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

