ओजसमा पद्यावती सिंहको ‘समय पीडा’ मञ्चन हुने

हिमाल प्रेस ८ माघ २०८० १३:३५ | Monday, January 22, 2024
ओजसमा पद्यावती सिंहको ‘समय पीडा’ मञ्चन हुने

काठमाडौँ– रातोपुस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा नाटक ‘समय पीडा’ मञ्चन हुने भएको छ। नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो।

नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन्। रोजगारी लागि बिदेसिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा देखाउन खोजिएको निर्देशक धितालले बताए।

‘पछिल्लो समय  विदेश जाने नेपालीको संख्या निकै बढेको छ। रोजगारी र शिक्षाको लागि बिदेसिएका नेपालीहरु उतै हराइरहेका छन्’ उनले भने ‘सन्तान भएर पनि बुढेसकालमा साहाराविहीन भएका वृद्ध बा-आमाको दैनिकी र पीडालाई नाटकमा देखाउन खोजेका हौँ।’

यो कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश छ। विद्यालय तहमा पढ्नुपर्ने भएकोले विद्यार्थीहरुको लागि विशेष रहेको निर्देशक धितालले बताए।

माघ १० गतेदेखि २२ गतेसम्म मञ्चन हुने नाटकमा कलाशी प्रोडक्सन हाउसको प्रस्तुति रहनेछ।

नाटकमा कलाकार विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोराे), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा छन्।

 

प्रकाशित: ८ माघ २०८० १३:३५ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast