काठमाडौँ- नेपाल एसबीआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालका साथै ईसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सुमित भण्डारीको उपस्थिति थियो।
नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरूमार्फत् भुक्तानी सेवा प्राप्त गर्न पाउने गरी सम्झौता भएको छ।
प्रकाशित: १६ माघ २०८० १८:३८ | Tuesday, January 30, 2024
प्रतिक्रिया



