एमालेले मध्यपहाडका समस्या प्रधानमन्त्रीलाई बुझाउँदै

हिमाल प्रेस ९ माघ २०८० ८:४० | Tuesday, January 23, 2024
एमालेले मध्यपहाडका समस्या प्रधानमन्त्रीलाई बुझाउँदै

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी यात्राका क्रममा स्थानीबासिन्दाले राखेका समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराउँदैछ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अहिले बिहान ९ बजे अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटार गएर लिखित रुपमा मध्यपहाडका समस्या बुझाउनेछ।

एमाले स्रोतका अनुसार विभिन्न शिर्षकमा मध्यपहाडका ३० वटा जिल्लाका पार्टी कमिटी, स्थानीय तह,आम समुह,उद्योगी व्यावसायीले ७ सय भन्दा बढी समस्या एमालेसँग राखेका छन्। त्यस मध्ये करिब १सय ५० जति समस्या सडक निर्माणको माग गरिएका छन्। त्यसपछि पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, पुल आदि रहेका छन्।

एमालेले मध्यपहाडमा संकलन गरेका लिखित समस्याका ठेलीलाई विज्ञ समुह मार्फत वर्गीकरण गरेको थियो।

उक्त समुहले पाँचदिन अघि पार्टीमा ती समस्याका वर्गीकरण गरेर बुझाएको थियो।

प्रकाशित: ९ माघ २०८० ८:४० | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast