एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ बुँदे ध्यानाकर्षण पत्र

हिमाल प्रेस ९ माघ २०८० १०:२९ | Tuesday, January 23, 2024
एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो पत्र बुझाएका हुन्।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको मध्यपाहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताए।

प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने जानकारी दिएको पनि ज्ञवालीले बताए।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।

प्रकाशित: ९ माघ २०८० १०:२९ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast