 
                             
                                            काठमाडौँ– गाडी विक्रेताहरूको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को शैली पछ्याएको छ। ४७औँ साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेको हो।
करण चौधरीलाई गत शुक्रबार सर्वसम्मत अध्यक्ष बनाएको नाडाले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। यसअघि गोल्छाले अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका थिए। अर्को पटक अध्यक्ष बन्नेगरी विधान संशोधन हुने भएपछि गोल्छा वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका थिए।
उपाध्यक्षमा टाटा मोटर्स विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र हुन्डाई विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक निराकार श्रेष्ठ चुनिएका छन्। नाडाको महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल र सचिव विक्रम सिंघानिया र पंकज अग्रवाललाई सहकोषध्यक्ष चयन गरिएको छ।
नाडाको सदस्यमा कपिल शिवाकोटी, सुनिल रिजाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्रा, सौरभ थापा, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान र प्रकाश कपुरी चयन भएका छन्।
आइतबार बसेको पदाधिकारी बैठकले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सदस्यमा मनोनीत गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                                                                             
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 