एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २७ पुष २०८० १५:४० | Friday, January 12, 2024
एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीवहरुको उपस्थितिमा पुस २६ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा पूर्वघोषित कार्यक्रम बमोजिम संस्थापक सेयरधनीहरुको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन्। यसैगरी सर्वसाधारण सेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिशचन्द्र सुवेदी निर्वाचित भए। एफएमओको निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरासमेत सभामा जानकारी गराइएको थियो।

बैंकको गत असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २ खर्ब १३ अर्ब ४ करोड र कर्जा १ खर्ब ९७ अर्ब ४७ अर्ब रहेको छ। बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २७ पुष २०८० १५:४० | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast