‘एक मुठ्ठी बादल’ को पोस्टरमा आँचल

हिमाल प्रेस २६ पुष २०८० १६:१४ | Thursday, January 11, 2024
‘एक मुठ्ठी बादल’ को पोस्टरमा आँचल

काठमाडौँ– फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने भएको छ। बिहीबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

पोस्टरमा अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ। उनीसहित फिल्ममा कलाकार सहयोगराज अधिकारी मूख्य भूमिकामा देखिने भएका छन्। सहयोगराजको यो डेब्यु फिल्म हुनेछ। उनी टेलिभिजनको पृष्ठभूमिबाट फिल्ममा आएका हुन्।

फिल्म सहारा शर्माले निर्देशन गर्नेछिन्। पारिवारिक कथामा बन्ने भनिएको फिल्ममा केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्ने बताइएको छ।

फिल्म फागुनदेखि पोखरा र उपत्यकामा छायांकन गरिने निर्माण टिमकोे योजना छ। निर्देशक शर्माकै पटकथा रहने फिल्मको निर्मातामा अभिमन्यू दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेना छन्। फिल्म गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजको ब्यानरमा बन्नेछ।

यसअघि विश्वप्रसिद्ध महोत्सव लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडमलगायको महोत्सवमा फिल्म पिचिङ र ल्याबमा छनोट भइसकेको छ।

प्रकाशित: २६ पुष २०८० १६:१४ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast