एउटै पार्टीको मात्रै बहुमत नपुग्ने भएकाले गठबन्धन गरिएको हो : देउवा

हिमाल प्रेस १० माघ २०८० १९:५६ | Wednesday, January 24, 2024
एउटै पार्टीको मात्रै बहुमत नपुग्ने भएकाले गठबन्धन गरिएको हो : देउवा

स्याङ्जा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन्।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज (बुधबार) सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन्।

‘संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिँदैन,’ उनले भने, ‘बहुमत पुर्‍याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ।’

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए। अहिले अन्य पार्टीसँग गठबन्धन गरिए पनि कुनै समस्या नभएको उनको भनाइ थियो।

प्रकाशित: १० माघ २०८० १९:५६ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast