इरानमा नौजना विदेशी नागरिकको मृत्यु

हिमाल प्रेस १३ माघ २०८० १८:५७ | Saturday, January 27, 2024
इरानमा नौजना विदेशी नागरिकको मृत्यु

तेहरान- इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार नौजना विदेशी नागरिकको हत्या गरेको अर्धसरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।

सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएको छ। मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन।

घटनाको थप अनुसन्धान भइरहेको मेहरले बताएकाे छ। रासस/सिन्ह्वा 

प्रकाशित: १३ माघ २०८० १८:५७ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast