आहारारा गोल्डकपमा आज साविक विजेता संकटा र आर्मी सेमिफाइनलका लागि भिड्दै

हिमाल प्रेस १४ माघ २०८० ९:१७ | Sunday, January 28, 2024
आहारारा गोल्डकपमा आज साविक विजेता संकटा र आर्मी सेमिफाइनलका लागि भिड्दै

काठमाडौँ- आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि आमने सामने हुदै छन्। खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ।

संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ को स्थान बनाएको हो।

आहारारामा आर्मी र संकटा यसअघि नै २ पटक आमने सामने भइसकेका छन्। संकटाले यसअघि नै दुई पटक उपाधि जितिसकेको छ भने आर्मी क्लबले भने हालसम्म उपाधि जित्न सकेको छैन।

पटकपटक फाइनल पुगेर पनि आर्मी हार व्यहोदै आएको अभागी टिम बनेको छ।

आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रिदै छ। आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ माघ २०८० ९:१७ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast