आयोगले गर्‍यो निमावि तृत्तीय श्रेणीको नतिजा सार्वजनिक [नामसहित]

हिमाल प्रेस २७ पुष २०८० १८:५४ | Friday, January 12, 2024
आयोगले गर्‍यो निमावि तृत्तीय श्रेणीको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज (शुक्रबार) नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।

यही पुस २२ र २३ गते लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आजको मितिले हप्ता दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सक्नेछन्।

आयोगले बिहीबार लुम्बिनी प्रदेशको नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित(विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको थियो।

हेर्नुहोस् नामावली

प्रकाशित: २७ पुष २०८० १८:५४ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast