आज पनि घट्यो सेयर बजार

हिमाल प्रेस ८ माघ २०८० १५:३० | Monday, January 22, 2024
आज पनि घट्यो सेयर बजार

काठमाडौँ- सेयर बजार आज २१ सय बिन्दुबाट पनि तल झरेको छ। आज ३१.४९ अंकले घटेर बजार २१ सय तल झरेको हो। आज कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३६ करोड मात्र भएको छ।

गत साता मंगलबार कारोबार अवधिमा २२१५.५४ बिन्दु पुगेर फर्किएको बजारले बिक्रीको चाप थेग्न नसक्दा निरन्तर चार कारोबार दिन घट्न पुग्यो। पछिल्लो चार कारोबार दिनयता नेप्से निरन्तर घटेर २०९८.६९ बिन्दु भएको छ।

आज कारोबारमा आएका ३६ कम्पनीको सेयरमूल्य बढ्दा २०९ कम्पनीको घटेको छ। आज बजारमा अपर स्याङे हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।

त्यसैगरी, आज हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक किनबेच भएको छ। आज कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। लगातार बढेको यो कम्पनीको मूल्य आज भने केही घटेको छ।

प्रकाशित: ८ माघ २०८० १५:३० | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast