आजको मौसम : चिसोबाट बच्न अनुरोध

हिमाल प्रेस ८ माघ २०८० ६:१० | Monday, January 22, 2024
आजको मौसम : चिसोबाट बच्न अनुरोध प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सोमबार सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  हाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै देशको तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

प्रकाशित: ८ माघ २०८० ६:१० | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast