‘अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ’

हिमाल प्रेस ५ माघ २०८० २१:४१ | Friday, January 19, 2024
‘अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ’ एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले बलियो कम्युनिष्ट आन्दोलनमार्फत गरेर समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका हुन्।

‘अब हामीले फेरि वामपन्थी एकताका नाममा नेताका टाउको जोड्ने प्रयत्न गर्यौ भने त्यसको सान्दर्भिकता हुँदैन,’ उनले भने, ‘त्यसले कुनै राष्ट्रिय सामर्थ्यको शक्ति निर्माण गर्न सक्दैन। त्यसैले अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ।’

महासचिव पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्यले विगतमा एकताको प्रयास गरिएको बताए। महासचिव पोखरेलले राष्ट्र जोगाउने अभियान र बेथितिविरुद्धको अभियानमा जोडिन उनले सबैमा आग्रह गरे।

प्रकाशित: ५ माघ २०८० २१:४१ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast