अनेरास्ववियु कर्णाली प्रदेशमा सर्वसम्मत नेतृत्व चयन

हिमाल प्रेस ८ माघ २०८० ११:०८ | Monday, January 22, 2024
अनेरास्ववियु कर्णाली प्रदेशमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेशले सर्वसम्मत नेतृत्व चयन गरेको छ।

आइतबारबाट दैलेखमा सुरु भएको प्रथम अधिवेशनले राजेश ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्व ४१ सदस्यीय रहेको छ।

अधिवेशनबाट उपाध्यक्षमा विवश भारती, मनसुन दाहाल र सञ्जय योगी निर्वाचित भएका छन्। सचिवमा धर्म शाही सर्वसम्मत भए।

सहसचिवमा क्रमशः प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही र कोषाध्यक्ष जगतजंग शाही निर्वाचित निर्वाचित भए।

प्रकाशित: ८ माघ २०८० ११:०८ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast