अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कन्सलटेन्सीका सञ्चालक पक्राउ

हिमाल प्रेस १५ माघ २०८० १८:५१ | Monday, January 29, 2024
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कन्सलटेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ– अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटी रहेका छन्।

शिवाकाेटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा पाएपछि उनी भारतको दिल्ली फरार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनलाई पक्राउ गरेको हो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ।

प्रकाशित: १५ माघ २०८० १८:५१ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast