काठमाडौँका यी स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस १४ पुष २०८० ७:२०
8
SHARES
काठमाडौँका यी स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ- काठमाडौँको विभिन्न स्थानमा आज चार घण्टादेखि साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

११ केभी मुलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

काम निर्धारित समयअघि नै सकिए विद्युत लाइन सुरु हुने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: १४ पुष २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =