आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता

हिमाल प्रेस ११ पुष २०८० १५:०३
आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता

काठमाडौँ- डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबीच आइईएलटीएस तथा पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार सिभिल मल काठमाडौँको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आइईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

पुस ६ बाट लागू भएको योजनाको अवधि तीन महिनाको हुनेछ। योजनाको अवधि ३ महिनाको भए पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनोट गर्न सक्नेछन्। विद्यार्थीहरूले दुवैको तयारी कक्षा अनलाइनमार्फत समेत लिन सक्नेछन्।

 

प्रकाशित: ११ पुष २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =