काठमाडौँ- नेपाल प्रहरीले हाजिर नभएका २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो। अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ ।
प्रकाशित: ११ पुष २०८० ८:२०
प्रतिक्रिया