एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरेलाई

हिमाल प्रेस ९ पुष २०८० १४:११
16
SHARES
एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरेलाई

काठमाडौँ– सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन्।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन्। उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रूपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरेका थिए।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ। यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ।

यो वर्ष वुमन आइकन आईसीटी अवार्ड विधामा ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनबाट तीन चरणको मूल्यांकनपश्चात ७ जना अन्तिम छनोटमा परेका थिए।

एनसेलले प्रत्येक वर्ष आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्तरूपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने उत्कृष्ट व्यक्तित्व, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ।

प्रकाशित: ९ पुष २०८० १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =