ग्लोबल आइएमई बैंककाे निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस ९ पुष २०८० १२:१७
ग्लोबल आइएमई बैंककाे निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ। पुस १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा देशभर एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ। शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायत सेवा निःशुल्क उपलब्ध हुनेछन्।

शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचानसमेत गर्नेछ। जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ। यसअन्तर्गत बैंकले पुस ४ गते बाजुराको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढी महिलाको स्वास्थ्य जाँच गरिएको थियो।

यसैगरी अन्य जिल्लामा बैंकले शिविर सञ्चालन गर्नेछ। जसअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं ०८ स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पौष १३ गते शिविर चल्नेछ। पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, वीरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते शिविर चलाइने बैंकले जनाएको छ।

अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दीस्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ गते र इलाम नगरपालिका वडा नं. ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ।

प्रकाशित: ९ पुष २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =