बेँसीसहरमा चरी बाघ भेटियो, नियन्त्रण लिएर छाडियो

हिमाल प्रेस ९ पुष २०८० ९:५०
10
SHARES
बेँसीसहरमा चरी बाघ भेटियो, नियन्त्रण लिएर छाडियो

लमजुङ- लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए। पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिइएको थियो।

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जंगलमा लगेर छोडिएको बताए। उनले भने, ‘आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ।’

मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ। जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जङ्गलमा छाडिएको उनले बताए।

प्रकाशित: ९ पुष २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =