पार्टीभित्र एकता भए चुनावमा कांग्रेसले बहुमत ल्याउँछ : महत

हिमाल प्रेस ७ पुष २०८० १८:२१
30
SHARES
पार्टीभित्र एकता भए चुनावमा कांग्रेसले बहुमत ल्याउँछ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसभित्र एकता भए आगामी चुनावमा बहुमत ल्याउनबाट कांग्रेसलाई कसैले रोक्न नसक्ने बताएका छन्।

शनिबार कांग्रेस  बागमती प्रदेश प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले कांग्रेसभित्र एकता भए चुनावमा बहुमत आउने बताएका हुन्।

उनी भन्छन्,‘संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन।’

बाहिर धेरै कुरा गर्ने भित्र केही नगर्ने कांग्रेसको समस्या भएको महतले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍याे भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या उनले औंल्याए।

‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ’, महतले भने,‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’

प्रकाशित: ७ पुष २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast