काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लोकन्थलीमार्फत दिव्येश्वरी मन्दिरलाई खानेपानीे ट्यांकी र डस्टबिन हस्तान्तरण गरेको छ।
शाखा कार्यालय लोकन्थलीका प्रमुख गोविन्द शिवाकोटीले दिव्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन्। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक काम गर्दै आएको छ।आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बैंकले जनाएको छ।
प्रकाशित: ६ पुष २०८० १३:५९
प्रतिक्रिया