काठमाडौँ– शंकर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइल प्रालिले दुई इयरबड बजारमा ल्याएको छ।
रियलमी बड टि ३०० १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभरसहित उपलब्ध छ। यसले ब्यास साउन्ड प्रदान गर्दछ। यस बडमा ३० डीबीको एएनसी (एक्टिभ नोइज क्यान्सिलेसन) छ।
टि ३०० इयरबडमा ४६० एमएएचको ब्याट्री र चार्जिङ केस दिइएको छ। ४० घण्टाको ब्याट्री लाइफ भएको कम्पनीले जनाएको छ। रियलमी टि ३०० ५० एमएसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ।
४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिने कम्पनीको दाबी छ। रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ। रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज प्रदान गर्दछ।
ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३०० ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ। कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य ५ हजार ४९९ तोकिएको छ।
कम्प्याक्ट डिजाइनमा आएको रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म रेन्ज दिन्छ। यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ। ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा एआइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ।
रियलमी टि १०० आइपीएक्स वाटर रेसिस्टेन्ससहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ। कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य ३ हजार ९९९ रहेको छ।