डिशहोमद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार प्रदान

हिमाल प्रेस २६ मंसिर २०८० १३:५१
डिशहोमद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ– डिशहोमले क्रिकेट खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहितकुमार पौडेललगायत अन्य खेलाडी पनि उपस्थित थिए।

२९ अक्टोवर २०२३ देखि सुरू भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो।

पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने खेलाडीले १० लाख रुपैयाँ, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिने डिशहोमले जनाएको थियो।

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भइसकेको छ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोटअन्तर्गत सेमिफाइनलमा ३ नाभेम्बर २०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।

यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवद्र्धन गर्न पाउँदा उत्साहित छौँ। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो।’

प्रकाशित: २६ मंसिर २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =