रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

हिमाल प्रेस २५ मंसिर २०८० १५:४७
रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौँ– रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न भएको छ। बैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले अतिरिक्त टुरिजम प्रवद्धधन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड ‘हन्टर ब्रेकफास्ट राइड’ कार्यक्रम आयोजन गरेको हो।

यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा, व्यवस्थित राइड, पर्यटन प्रवद्र्धनलगायत रहेको छ।

रोयल इनफिल्डको सोरूम नक्सालबाट सुरु भएको यो राइड दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुँदै कालु पाण्डे हिलसम्म पुगेको थियो।

प्रकाशित: २५ मंसिर २०८० १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =