‘खल्ती पेमेन्ट गेटवे’ सेवामार्फत ५ हजार व्यवसायी लाभान्वित

हिमाल प्रेस २४ मंसिर २०८० १३:५६
‘खल्ती पेमेन्ट गेटवे’ सेवामार्फत ५ हजार व्यवसायी लाभान्वित

काठमाडौँ– ‘खल्ती’ले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा उपलब्ध गराउँदै आइरहेको छ। यस सुविधाअन्तर्गत हाल ५ हजार व्यवसायी लाभान्वित भएका छन्। अझै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले ‘स्मार्ट उद्यमी’ अफर उपलब्ध गराएको छ।

यस सुविधाअन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आवद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहकबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन्। यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिटको रूपमा एपीआई शुल्कमा १०० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने वस्तु जस्तै– प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पाउनेछन्।

डिसेम्बर ४ देखि फेब्रअरी ४ सम्म सञ्चालन हुने ‘स्मार्ट उद्यमी’ अफरअन्तर्गत खल्तीसँग साइनअप गरी ‘खल्ती पेमेन्ट गेट वे’को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै एपीआई शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबार पूरा गर्ने व्यवसायीहरूमध्ये एक विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त खल्तीको एसडीके÷एपीआईमा आवद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोत जस्तै पार्टनर बैंकहरूको ईबैंकिङ, मोबाइल बैंकिङ, एससीटी, भिसा र मास्टर कार्ड, कनेक्ट आईपीएसमार्फत सरल तरिकाले भुक्तानी लिन सक्नेछन्।

प्रकाशित: २४ मंसिर २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =