पूर्वराष्ट्रपति भण्डारीले लिइन् गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

हिमाल प्रेस २३ मंसिर २०८० १८:१३
पूर्वराष्ट्रपति भण्डारीले लिइन् गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेका गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठको गत मंगलबार मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै डिस्चार्ज हुने केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast