नेपाल लाइफद्वारा ६९ अर्ब ६२ करोड दाबी भुक्तानी

हिमाल प्रेस २२ मंसिर २०८० १६:१४
नेपाल लाइफद्वारा ६९ अर्ब ६२ करोड दाबी भुक्तानी

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्म ६९ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दाबी भुक्तानी बापत १९ अर्ब ७८ करोड र अग्रिम दाबी भुक्तानी बापत २३ अर्ब ४४ करोड भुक्तानी गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिडलले २०८० असोज मसान्तसम्म १३ हजार ५१२ जनाका हकवालालाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ। कम्पनीले कन्भेन्सनल प्लानअन्तर्गत ११ हजार १७७ जनालाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ।

चालु आर्थिक वर्षको साउन–असोज अवधिमा मृत्यु दावी भुक्तानी निवेदकमध्ये ९३ प्रतिशत दावी फर्छ्रयौट भइसकेको कम्पनीले जनाएको छ। सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिनभित्र भुक्तानी गर्ने कम्पनीले प्रबन्ध मिलाएको छ। यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ।

यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ।

प्रकाशित: २२ मंसिर २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =