देशका पहाडी भू-भागमा वर्षाको सम्भावना,तराईमा हुस्सु र कुहिरो

हिमाल प्रेस २२ मंसिर २०८० ६:२१
6
SHARES
देशका पहाडी भू-भागमा वर्षाको सम्भावना,तराईमा हुस्सु र कुहिरो

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आज बिहान कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको जनाउँदै महाशाखाले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

महाशाखाले राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ।

महाशाखाको हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने जनाएको छ।

प्रकाशित: २२ मंसिर २०८० ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast