एमालेलाई छिर्न नदिने कोशी कसैको बिर्ता होइन : केपी ओली

हिमाल प्रेस २१ मंसिर २०८० १७:५४
8
SHARES
एमालेलाई छिर्न नदिने कोशी कसैको बिर्ता होइन : केपी ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई फेरि भ्रममा पार्ने काम भइरहेको बताएका छन्। संकल्पयात्राका क्रममा बिहीबार पर्वतमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कोशी‍ प्रदेशको नामकरणका विषयमा ‘विदेशबाट सञ्चालितहरू’ले स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उक्त भूमि कसैको बिर्ता नभएको टिप्पणी गरेका हुन्।

‘सबैको साझा नाम राखियो एउटा पृष्ठभूमिविशेषको नाम राखिएन भनेर विदेशबाट सञ्चालित, नेपालमा एकता, शान्ति हुन नदिने, लोकतन्त्र हुन नदिने, अशान्ति मच्चाउने, देशलाई अप्ठ्यारोमा पारेर अरूकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्व लागिरहेका छन,’ ओलीले भने, ‘एमालेलाई कोसीमा प्रवेश गर्न नदिने भन्नेहरू को हुन् ?’ नेकपा एमाले कहाँ जान पाउने, कहाँ जान नपाउने ? एमाले त त्यही प्रदेश–१ मा छ खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको।’

संकल्पयात्रा कोशीमा प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई पछि हट्न उनले चेतावनी दिए एमालेले उनीहरूको सामना गर्नुपर्ने स्थिति नबनाउन ओलीले आग्रह गरे ‘फुर्ती नलगाए हुन्छ हामीले सामना गर्न नपरोस् । यो बुद्धि छोडिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्नेछ,’ उनले थप भने, ‘कत्रा–कात्राको क्रान्तिका नाउँमा, जनयुद्धका नाउमा फाइँफुर्ती त समाप्त भयो भने चारवटा केटा उफ्रिएका छन्।’

प्रकाशित: २१ मंसिर २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast