वितरक र आउटलेटले एपबाटै कोक अर्डर गर्न सक्ने

हिमाल प्रेस २१ मंसिर २०८० १२:१२
वितरक र आउटलेटले एपबाटै कोक अर्डर गर्न सक्ने

काठमाडौँ– कोकाकोला वेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ कोक बडी एप सार्वजनिक गरेको छ।

रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू चाँडोभन्दा चाँडो र सहज रूपमा अर्डर गर्न सकुन् भन्ने उद्देश्यले यो एप लन्च गरिएको हो।

नेपालभरका २५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गरेको छ।

कोकाकोला वेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सञ्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो। जसले वितरक र आउटलेटहरूबीच रियल टाइम कनेक्टिभिटिलाई कायम राख्दछ। यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाइज गर्ने, इन्भेन्टरी भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलर दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन, दिन सजिलो बनाएको बताए। उनले भने, ‘३६५ दिन नै चौबिसै घण्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो। यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ।’

अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लगइन गर्न सक्छन्। त्यसपछि उनीहरूले आफूले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ।

प्रकाशित: २१ मंसिर २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =